सुन्दरहरैंचा : पूर्वी नेपालको मोरङ, सुनसरी र झापा जिल्लामा बर्सेनि जंगली हाक्तीको आत्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको इटहरी–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा हाक्तीको आत्रमणबाट एक जना स्थानीय युवाको मृत्यु भएको छ ।
जंगली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ बर्षीय रविन खड्कालाई हात्तीले आत्रमण गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना प्रवक्ता नविनसिंह भण्डारीले जानकारी दिए । उनले सामुदायिक वन क्षेक्रको बाटोमा हात्तीले आत्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उपचारको क्रममा निधन भएको उल्लेख गरे ।
हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई १ लाख रूपैयाँ क्षतिपूर्ति दिने बताए । उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला बनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यक अनुसार गस्ती गरिने तयारी भएको बताए । चारकोशे जंगल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीयहरू बताउँछन् ।
सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दर्जनौ जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ ।
इटहरी– २ मा हात्तीको बथान चारकोसे जंगलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुट्ने गरेका छन् । यहाँको राईचोक नजिक जंगली हात्तीले रातको समयमा एक स्थानीयको घरसमेत भत्काएर क्षति पुर्याएको छ ।
त्यसैगरि मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्याएपछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालालगायत जनप्रतिनिधिहरूले अनुगमन गरेका छन् । बेलबारी–१ मा किसानहरूले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका प्रमुख राईले बताए । पाकेको धानबाली, केराखेती, सिमल तरूल लगायतका बालीनाली हात्तीको बथानले नष्ट गरेको नगर प्रमुख राईले भने ।
केही दिनयता पूर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । सुन्दरहरैचा, बेलबारी, लेटाङ, केराबारीलगायत चारकोसे जंगल नजिकको बस्तीमा हात्तीको हुल पसेको हो । छावा (बच्चा) सहितको जंगली हात्तीको संख्या २ दर्जन भन्दा बढी रहेको स्थानीयवासी बताउँछन् ।
हालसालै बेलबारी –११, लक्ष्मीमार्गमा हात्तीले २ वटा घर भत्काएर क्षति पुर्याएको छ । रातभर बेलबारी नगरपालिकाको दमकल र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जंगलतर्फ हात्ती भगाउने कोशिस गरेको स्थानीय सञ्चारकर्मी नरेन्द्र वस्नेतले बताए ।
जंगल क्षेत्रबाट हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा साझ सडक जाम भएको थियो । हात्तीले बाटो पार गर्ने क्रममा सवारीधनीहरूको भागाभाग भएको थियो ।
त्यसैगरी झापामा हाक्तीको आत्रमणबाट दुई जना पुरूषको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ । साथै केही दिनअघि जंगली हाक्तीको आत्रमणबाट झापामा अर्का एकको ज्यान गएको थियो । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो । साँझको समयमा शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हाक्तीले आत्रमण गरेर निधन भएको झापा डिभिजन वन अधिकृत मेघराज राईले बताए ।
गत बर्ष पनि मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना सामुदायिक वनमा घाँस काट्न जाँदा जंगली हाक्तीको आत्रमणबाट ३२ वर्षीय सीता पराजुलीको निधन भएको थियो । साथै गत बर्षमा नगरको त्रिवेणीचोक उक्तर जंगलमा घाँस काट्न जाँदा हात्तीको आत्रमणबाट ७५ वर्षीय बृद्व जयप्रसाद बाँस्तोलाको निधन भएको थियो । हाल सुन्दरहरैंचाको सलकपुर उत्तर तथा गछियाखोला आसपासको क्षेत्रमा दिउँसै जंगली हात्ती मानववस्ती तथा किसानको खेतीबालीमा पसेर आतंक मच्याउने गरेको छ ।
पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरौचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जंगली हात्तीले दुःख दिंदा स्थानीय तथा सरोकारवालामा चिन्ता बढेकोले समस्याको समाधानमा पहल गर्न आवश्यक भएको जिल्ला सहायक वन अधिकृत लालबहादुर माझीले बताए ।
जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख बिष्णुलाल घिमिरेले जंगली हात्तीलाई कसैले जिस्काउने तथा जथाभावी लखेटने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सतर्क रहेर सचेत रहन आग्रह गरे । उनले हात्ती जंगलबाट मानव वस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए ।
जंगल नजिकको वस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्नु हुँदैन, हात्तीले घरेलु जाँडरक्सी खान मन पराएर मान्छेलाई समेत आक्रमण गर्न सक्छ, जिल्ला डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले भने, वनजंगलको बीचमा हात्तीलाई सहज होस् भनेर पानीको दह तथा पोखरी निर्माण गरी फलफूलको बिरूवा रोप्नु पर्छ । जसले गर्दा जंगली हात्ती मानव वस्तीमा हतपत प्रवेश गर्दैन, खान नपाएर वनमा वस्न उपयुक्त नभएर हात्ती मानव वस्तीमा प्रवेश गरेको हो ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved