विराटनगर । पर्यटन तथा होटल व्यवसायी भविषकुमार श्रेष्ठलाई मातृशोक परेको छ । व्यवसायी श्रेष्ठकी आमा विष्णु श्रेष्ठको ७० वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
श्रेष्ठको हृदयघात भई शुक्रबार दिउँसो साढे चार बजे निधन भएको हो । विराटनगर–११ जनपथ निवासी श्रेष्ठ पूर्वशिक्षिका पनि हुन् । उनका पति भवानी श्रेष्ठको केही वर्षअघि निधन भएको थियो ।
परिवारमा पर्यटन व्यवसायी भविषकुमार जेठा छोरा हुन् भने एक भाइ र अरु दुई बहिनीहरू छन् । श्रेष्ठको शनिबार विराटनगर हाटखोलास्थित परमविश्रान्ति श्मसानघाटम अन्तिम संस्कार गरिएको छ ।
उनको अन्तिम संस्कारमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतसहित विभिन्न क्षेक्रका व्यत्तिको ठुलो संख्यामा उपस्थिति थियो ।
View : 190
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved