Biratnagar, Morang, Nepal
३ पुष २०८१, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

मेरिल्याण्डमा बिजनेस आइडिया प्लान आयोजना

उद्घोष सम्वाददाता
२ पुष २०८१, मङ्गलवार

विराटनगर । मेरिल्याण्ड कलेज विराटनगरका बीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीहरुले ‘मेरिल्याण्ड विजनेस आइडिया इन्नोभेसन’ कार्यक्रम गरेका छन् । 

सो कार्यक्रममा विद्यार्थीहरुको आठ वटा समूहले आ–आफ्नो ‘विजनेस आइडिया’ प्रस्तुत गरेका थिए । एउटा समूहमा ५ विद्यार्थीहरु  थिए । उनीहरुले विजनेस प्लान बनाएर निर्णायक सामु प्रस्तुत गरेका थिए । 

सो कार्यक्रममा ईको हाइभ हनिकम पेपर ¥यापर पिक मोमेन्ट, अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन, ह्याण्डमेड क्याण्डल, फ्रेस फ्लावर एण्ड यूनिक गिफ्टस्, हारभेष्ट राइजर, मेडफोर यु समूह सहभागी भएका थिए ।

कार्यक्रममा बीबीएस तेस्रो वर्षको इको हाइभ हनीकम्ब पेपर र्‍यापर समूहका खुस्बु कोठारी, पलक राठी, रविना श्रेष्ठ, हर्षिका सोनी, दीपा कार्की र रितेष दास प्रथम भएका थिए ।

बीबीएस तेस्रो बर्षकै योगेश जाजू, हिमानी राजवंशी, आस्था मण्डल, दीपिका यादव, स्नेहा अग्रवाल, पूनिसा दङ्गालको ह्याण्डमेड क्याण्डल समूह द्वितीय भएको छ । प्रथम हुने समूहलाई प्रोत्साहन वापत कलेजले ११ हजार नगद  पुरस्कार प्रदान गरेको थियो ।

बाँकी प्रत्येक समूहरुलाई तीन–तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी, एनएमवी बैंक विराटनगरका शाखा प्रमुख रमेश अधिकारी र वेककप कफिका निर्देशक अभिनायक मल्लको टोलीले उनीहरुको प्रस्तुतिको मूल्याङ्कन गरेको थियो ।

सो कार्यक्रममा बोल्दै कलेजका प्राचार्य लक्ष्मण ढकालले विद्यार्थीहरुलाई पढाईसँगै व्यवसायिक अवधारणा दिनुका साथै पढाइ सकेपछि कसरी व्यापार व्यवसायमा अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने  कार्यक्रमको उद्देश्य रहेको बताए । 

निर्णायक तथा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले मेरिल्याण्डका विद्यार्थीहरुको प्रतिभा देखेर आफू उत्साहित भएको र मोरङ व्यापार संघले विद्यार्थीहरुको इन्टर्नसिप, तालिम तथा रोजगारीका लागि आफूले पहल गर्ने बताए ।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved