संगीत शिक्षक महिमा शर्मालाई पितृशोक
विराटनगर । विराटनरका साहित्यकार जयप्रसाद पाण्डेको सोमबार बेलुका ३ः३० बजे ८२ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१४ स्थित आफ्नै घरमा उनको निधन भएको हो । पाण्डे रक्तचाप र मधुमेहका विरामी थिए ।
स्वर्गीय पाण्डेका ‘आफ्नै स्वर आफ्नै सुर’ देखि पछिल्लो समयमा ‘आत्मऋचा’ गरी ८ वटा कविता संग्रह प्रकाशित छन् । स्वर्गीय पाण्डेले बबरसिंह थापा साहित्य पुरस्कार, नई प्रकाशनको त्रिमूर्ति पुरस्कार, संस्कृति, पर्यटन एवम् उड्डयन मन्त्रालयद्वारा प्रदत्त भानुभक्त द्विशतवार्षिकी पुरस्कारलगायत पुरस्कार सम्मानित भएका थिए ।
संगीत शिक्षक महिमा शर्मालाई पितृशोक
स्वर संगम संगीतालय विराटनगरकी महासचिव महिमा शर्मालाई पितृशोक परेको छ । शर्मा साहित्यकार जयप्रसाद पाण्डेकी छोरी हुन् ।
स्वर्यीय पाण्डेको सोमबार नै विराटनगर हाटखोलास्थित परमविश्रान्ति घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पाण्डेका एक श्रीमती, तीन छोरी र दुई छोरा छन् । महासचिव शर्मा स्वर्गीय पाण्डेकी माहिली छोरी हुन् ।
अन्तिम संस्कारमा भने एक छोरा र एक छोरी विदेशमा भएकाले सहभागी हुन सकेनन् ।
View : 695
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved