Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

पन्ड्स स्किनले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग

१९ चैत २०८१, मङ्गलवार

विराटनगर । पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदत्तहरूका साथ समाधान प्रस्तुत गरेको छ । 

महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नया ट्यागलाइन मिराकल्स ह्याप्पेन्स प्रस्तुत गरेको छ । 

पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको छ, जसले ब्रान्डको आधारभूत विषयवस्तुः अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्दछ ।

पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फर्मुलामा तीन प्रमुख इन्ग्रीडीएन्टहरू प्रस्तुत गरेको छ । निआसिनामाइड, हायल्यूरोनिक एसिड र सक्रिय चारकोल, जुन यसको फेसवाश र फेस मोइस्चुराइजरहरु जस्ता प्रमुख प्रदत्तहरूमा पाइन्छ, र प्रत्येक इन्ग्रीडीएन्टत्वचाको विशेष समस्यामा लक्षित छ।  ब्रान्डले नया र नवप्रवर्तन प्रदत्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तर अनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहन्छ । 

पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममानिआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूमा गहिरो प्रवेश गर्छ (एपिडर्मिस भित्र), ९६% स्पट रिडक्सन (स्पट रिडक्सनका लागिगरिएको क्लिनिकलअध्ययनको आधारमा) र चम्किलो त्वचा प्रदान गर्छ । नयाँ प्रस्तुतगरिएको पन्ड्स सुपरलाइट जेलमाहायल्यूरोनिक एसिड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ ।

युनिलिभर नेपाल लिमिटेडका मुख्य कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक अम्लन मुखर्जीले भने, हाम्रो ब्रान्ड पन्ड्स स्किन इन्स्टिट्युट उपभोक्तासंग समकालीन र सान्दर्भिक रहन चाहन्छ, उनीहरूको आवश्यकताहरू र चासोहरूको बुझाइ राख्न चाहन्छ र उनीहरूसंगै अघि बढ्न चाहन्छ ।

उपभोक्ताहरू हाम्रो ब्रान्डको मुटुमा छन्, त्यसैले हामीउनीहरूलाई निरन्तर बुझ्दै जान चाहन्छौं, जसले गर्दा हामी उनीहरूको आवश्यकताहरू पूरा गर्न नया उत्पादनहरू प्रस्तुत गर्न सक्छौं ।

View : 78

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved