विराटनगर । विराटनगर महानगरपालिका–४ बरगाछी पश्चिममा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने भएका छन् ।
काठमाडौंमा हुन लागेको ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुन हेरिटेज स्कूलमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरू जान लागेका हुन् ।
कक्षा ७ का आरोन खतिवडा र प्रज्ञान राठी तथा कक्षा ८ का इशान्त चम्लागाई सम्मिलित विद्यालयको टोलीले लिगमा सहभागिता जनाउन लागेको हो । सो टोली स्क्रिनिङ र क्षेत्रीय राउण्डपछि राष्ट्रिय राउण्डमा छनोट भएको हो । एम्बार्क अनमाथले आयोजना गरेको राष्ट्रिय राउन्ड अफ म्याथ डिबेट लिगका लागि छनोट भएको विराटनगरको यो एक मात्र टोली हो ।
यो गणित बहस लिग विभिन्न आठ देशमा आयोजना हुँदैछ । राष्ट्रिय राउन्डले नेपालबाहिर हुने ग्लोबल म्याथ डिबेट लिगमा देशको प्रतिनिधित्व गर्न नेपालबाट टोली छनोट गर्नेछ ।
सय भन्दा बढी विद्यालयहरू र एक हजार टोलीहरूबीच स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि छनोट गरी नेपालभरबाट उत्कृष्ट २० टोलीबीच फाइनल डिबेट राउण्ड माघ १३ आइतबार काठमाडौमा हुन लागेको हो ।
डिबेट लिगमा सहभागी हुन जान लागेका बिद्यार्थीहरुलाई एक कार्यक्रम गरि विद्यालयले बिदाई गरेको छ । उनीहरूलाई स्कूलका प्रिन्सिपल सुशान्त बानियँ लगायत शिक्षक–शिक्षिका र बिद्यार्थीहरूले खादा–अविर लगाएर जितको शुभकामनासहित बिदाइ गरे ।
View : 67
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved