विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक अफरअन्तर्गत एक हजार एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ ।
अफरअन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत एक हजार जना विजेता छनोट गरेको हो ।
विजेताले कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन् । कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी टिकट वितरण गरेको हो ।
सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘एक हजार टिकट वितरण गर्दै ग्राहकहरूसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ ।
हाम्रा ग्राहकहरूको खुशी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो ।’
उनीहरूले नेपाली खेलकुद क्षेत्रलाई निरन्तर समर्थन गर्दै यस्ता योजनाहरू आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभियानका क्रममा ठूला घरेलु उपकरणहरू जस्तैः टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर, बिभिन्न प्रकारका हिटर, डिसवासर आदिबाट लिएर साना घरेलु उपकरणहरू जस्तैः एयर फ्रायर, भ्याकुमक्लिनर, आयरन, कफी मेकरजस्ताउत्पादनहरू खरिद गर्न ग्राहकहरूले ठूलो उत्साह देखाएको कम्पनीले जनाएको छ ।
View : 387
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved