Biratnagar, Morang, Nepal
९ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भरत ताल निर्माणमा अनियमितता : पूर्व अर्थमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

८ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन भरत तालको नामले चर्चित बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, बागमती नगरपालिकाका पदाधिकारी तथा निर्माण व्यवसायीसहित सात जना प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, तत्कालीन अर्थ सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा  र उपप्रमुख लीलाकुमारी मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यसैगरी बागमति नगरपालिकाकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन उपसचिव उद्धवराज न्यौपाने र बिकोई–धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाउँदै बिगो, जरिवाना, कैद र बिगो असुलउपरको मागदाबी गरेको हो ।

आयोगका अनुसार दोस्रो चरणको निर्माणका लागि आवश्यक अध्ययन, जोखिम विश्लेषण तथा आर्थिक औचित्यबिना नयाँ डीपीआर तयार गरी सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी बोलपत्रका मूल्याङ्कनका आधार तय गरिएको, प्रतिस्पर्धा संकुचित गरिएको तथा पहिलो चरणमा आवश्यक नभएका संरचना समावेश गरेर राज्यलाई ठूलो आर्थिक दायित्व पर्ने निर्णय गरिएको आरोप छ ।

अनुसन्धानबाट आयोजनाको दोस्रो चरणका नाममा करिब ३९ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अनियमित खर्च हुने गरी कार्य गरिएको, सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग भएको निष्कर्ष निकाल्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved