Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि प्राध्यापक बढुवाको सूचनाप्रति प्राध्यापककै आपत्ति

‘शिक्षक छनोट तथा पदोन्नति प्रक्रिया एवम् कार्यप्रणाली २०७३ हालको लागि त्रुटिपूर्ण रहेकाले यसको सम्बोधन गरे पश्चात् मात्र विज्ञापन सुचारु गर्नु पर्ने’ माग गरिएको छ ।
उद्‌घोष सम्वाददाता
१८ पुष २०८१, बिहिवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) सेवा आयोगद्वारा शनिबार  प्रकाशित प्राध्यापकहरुको आन्तरिक प्रतियोगिता सम्बन्धी सूचनाप्रति सरोकारवाला डेढ दर्जन प्राध्यापकहहरुले गम्भीर ध्यानाकर्षणसहित आपत्ति जनाएका छन् । उनीहरुले सो सूचनालाई तत्काल सच्याउनका लागि दुई बुँदे मागसमेत राखेका छन् । 

‘आन्तरिक दरबन्दीको संख्या कार्यरत प्राध्यापकहरुको संख्या भन्दा न्यून भएकाले कार्यरत संख्या अनुसारको दरबन्दी निर्धारण हुनु पर्ने’ पहिलो माग राखिएको छ ।  

त्यस्तै  दोस्रो मागमा ‘शिक्षक छनोट तथा पदोन्नति प्रक्रिया एवम् कार्यप्रणाली २०७३ हालको लागि त्रुटिपूर्ण रहेकाले यसको सम्बोधन गरे पश्चात् मात्र विज्ञापन सुचारु गर्नु पर्ने’ भनिएको छ । 

बिहीबार जारी ध्यानाकर्षणपत्रमा भनिएको छ ‘पूवि कार्यकारी परिषदले पूवि शिक्षक छनोट तथा पदोन्नति प्रक्रिया एवम् कार्यप्रणाली २०८१ स्वीकृत गरी परामर्शका लागि पूवि सेवा आयोगमा पठाएकोमा, सेवा आयोगले यस सम्बन्धमा कुनै गृहकार्य नगरी पुरानै कार्यविधि २०७३ बमोजिम विज्ञापन गर्नु नै आफैमा विधिसम्मत देखिदैन ।’

ध्यानाकर्षणपत्रमा अगाडि भनिएको छ  ‘हामी पूवि प्राध्यापकहरुको दुईबुँदे मागहरु तीन दिनभित्र सम्बोधनका लागि विनम्र अनुरोध गर्दछौं । अन्यथा हाम्रो अनुरोधलाई वेवास्ता गरिएमा यसवाट उत्पन्न हुन सक्ने परिस्थतिप्रति स्वयम् विश्वविद्यालय जिम्मेवार हुने जानकारी गराउँदछौं ।’

यसरी माग गर्नेमा प्राध्यापकहरुमा  ई वसन्त पौड्याल, ई तेजराज गिरी, ई मनोजकुमार बस्नेत, ई मनोजकुमार बस्नेत, नीरजकुमार  मिश्र, गोपालप्रसाद शर्मा, शैलेन्द्र शिवाकोटी, ई सन्दिप न्यौपाने, डा दिलीपकुमार भगत, ई अजयकुमार साह, हेमन्तकुमार गोइत, अजयकुमार साह छन् ।

यस्तै मनोजकुमार हलुवाई, बोधहरि आचार्य, विक्रम भण्डारी, राखी वर्मा, कान्ता अधिकारी, कविता अधिकारी, ई देवलाल यादव रर नरेशकुमार शाह छन् ।

View : 217

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved