Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

महिला पतञ्जली समितिमा तीन मनोनित

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर  ।   विराटनगरलाई योग नगरी बनाउने अभियानलाई तीव्रता दिन महिला पतञ्जली योग समिति विराटनगर महानगर समितिले रिक्त पदहरूमा तीन जना नया“ साधकलाई चयन गरेको छ ।

 

विराटनगर–२ स्थित श्याम मन्दिर योग साधना केन्द्रमा सोमबार सम्पन्न संयुक्त बैठकबाट सल्लाहकार सदस्यमा सरिता रिमाल तथा सदस्यहरूमा कौशिला पोखरेल र नुना कट्टेल मनोनीत भएका हुन् ।

पतञ्जली योग समिति र महिला पतञ्जली योग समितिको संयुक्त सत्संग तथा विशेष बैठकका अवसरमा सो मनोनयन गरिएको हो ।

 

योग, प्राणायाम र वैदिक सनातन परम्पराको प्रवद्र्धन गर्दै महानगरभित्रका प्रत्येक घरसम्म योगको सन्देश पु-याउने उद्देश्यका साथ समितिका रिक्त पदहरू पूर्ति गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा पतञ्जली योग समिति महानगर अध्यक्ष माधव अधिकारी र महिला अध्यक्ष कुमारी तामाङले नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे ।

 

अध्यक्षद्वयले पतञ्जलीको नीति, नियम र अनुशासनको परिधिभित्र रही सेवा भावका साथ योगको प्रचार–प्रसारमा समर्पित हुन नवनियुक्त सदस्यहरूलाई आग्रह गर्दै उनीहरूको आगमनले नगरको योग अभियानलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गरे ।

View : 91

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved