Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

गुरु बराल बने एमाले उपाध्यक्ष, शेरधन कोशी प्रदेश इन्चार्ज

१७ साउन २०८१, बिहिवार

विराटनगर । नेकपा एमालेको बिहीबार बसेको पार्टी सचिवालय बैठकले एमाले स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रहेका गुरु बराललाई पार्टी उपाध्यक्षमा मनोनित गरेको छ । बैठकले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शेरधन राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनित गरिएको हो । बैठकले सातै प्रदेशका प्रदेश इन्चार्जहरूले जिम्मेवारी समेत हेरफेर गरेको छ ।

बैठकले स्थायी कमिटीमा एकीकृत समाजवादीबाट एमाले फर्किएका मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठलाई मधेस प्रदेश इन्चार्ज समेत बनाइएको छ ।

मधेस प्रदेश इन्चार्ज रहेका युवा नेता योगेश भट्टराई संसदीय विभाग प्रमुख भएका छन् ।

यसैगरी सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनित केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट जितेन्द्र देव (सुनसरी), इन्द्र भण्डारी (झापा)आशारत्न जवेगु (पाँचथर) रहेका छन् । देव भर्खरै नेपाली काँग्रेस छाडेर एमाले प्रवेश गरेका हुन् ।

View : 224

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved