Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिला एक्स्पोको तयारी पूरा

२१ चैत २०८०, बुधवार

विराटनगर । महिलाहरुको उत्पादनलाई प्राथकितामा राखेर गर्न लागिएको वोमेन (महिला) एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

यही शुक्रवार र शनिवार दुईदिन विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएका वोमेन एक्स्पो २०८० को तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गर्न लागेको सो एक्स्पोमा विभिन्न जिल्लाका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रवदर्शनी गर्नुका साथै बजार प्रवर्द्धन र विक्री वितरण गरिने महिला उद्यम समितिकी संयोजक रचना राठीले जानकारी दिइन् ।

उनले करिब ४ लाख रुपैयाँको लगानीमा विराटनगरको अतिथि सदनमा आयोजना हुने सो वोमेन एक्स्पोमा विभिन्न वस्तुहरुका ६० वटा स्टलहरु राखिने र ४२ वटा स्टलहरु निःशुल्क वितरण गरिएको बताइन् ।

उपभोक्ताहरुमा नयाँ स्वदेशी वस्तु र प्रविधिको पहिचान गराउने र महिला रोजगारी बढाउने विश्वास गरिएको सो प्रदर्शनी करिब २० हजार दर्शकले अवलोकन गर्ने र करिब २५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । 

सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको सो प्रदर्शनीमा हुम्ला, जुम्ला, संखुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ र सुनसरी गरी १० जिल्लाका कृषिजन्य, कपडा तथा उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवर्द्धन सम्बन्धी स्टलहरु राखिने बताइएको छ ।

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved