Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

सन् २०२४ मा सात वटा अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

रासस
३० मंसिर २०८०, शनिवार

मस्को, ३० मङ्सिर । रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् ।

रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए ।

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका हुन् ।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् ।

उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved