Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पीडितको साथमा सूर्योदयः बाढी प्रभावितका लागि ५ लाख ५५ हजार

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । विपद्ले घर–परिवार र जीवनयापनको आधार नै खोसिएका बाढी पीडितका लागि विराटनगरस्थित सूर्योदय मिल्क एण्ड बेभरेज प्रालिले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको ठूलो जनधनको क्षतिपछि प्रभावित परिवारको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको हो । 

कम्पनीका सञ्चालक प्रेमकुमार राठी, अनुजकुमार यादव, विनोद राठी र गुरुप्रसाद अधिकारीले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ५ लाख ५५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरणका क्रममा बिहीबार प्रमुख जिल्ला अधिकारी कट्टेलले प्राकृतिक विपत्तिका बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले पीडितको राहत र पुनस्र्थापना अभियानलाई थप बल पुग्ने बताए । 

सञ्चालक राठीका अनुसार यो सहयोग केवल आर्थिक योगदान मात्र नभई पीडामा परेका नागरिकप्रतिको सामाजिक जिम्मेवारीको अभिव्यक्ति हो ।

उनले विपद्को समयमा सरकारको प्रयाससँगै निजी क्षेत्र, संघसंस्था र आम नागरिक पनि आ–आफ्नो क्षमताअनुसार सहयोगमा जुट्नुपर्ने बताए । 

प्रभावित परिवारलाई तत्काल राहतसगै दीर्घकालीन पुनस्र्थापनामा समेत सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

सूर्योदय मिल्क एण्ड बेभरेज प्रालिले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

कम्पनीले ‘परम’ ब्रान्डअन्तर्गत घ्यू, पनिरलगायत विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन स्वदेशी बजारमा लोकप्रिय हुनुका साथै जापानसमेत निर्यात हुदै आएका छन् ।

व्यवसायबाट प्राप्त आम्दानीको एउटा हिस्सा विपद्मा परेका नागरिकको जीवन सहज बनाउन खर्चिनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ । 

सूर्योदयको यो सहयोगले विपद्को पीडामा रहेका परिवारलाई राहतको अभियानमा निजी क्षेत्रको साथ र सहकार्यको सन्देशसमेत दिएको छ ।

View : 72

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved