काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । यो जित साविक विजेता अर्जेन्टिनाका लागि भने सहज भएन । ९० मिनेटको खेल १-१ को बराबरमा टुंगिएपछि अर्जेन्टिनाले अतिरिक्त समयमा पनि जित निकाल्न ठुलो संघर्ष गर्नुपर्यो ।
२९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए तर ५९औँ मिनेटमा केप भर्डेका डेराए डुआर्टेले बराबरीका लागि गोल फर्काएका थिए ।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर त्यो पनि अर्जेन्टिनालाई टिकाउन मुस्किल पर्यो । १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले प्रहार गरेको बल अविश्वसनीय रुपमा गोलमा परिणत हुँदा खेल फेरी बराबरीमा पुग्यो ।
१११औँ मिनेटमा केप भर्डेका खेलाडी डिनेले आफ्नो पोष्ट तिर आइरहेको बल जोगाउने क्रममा आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को जितको खुसी बाँड्न सक्यो ।
पहिलोपटक विश्वकप खेलेको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिंदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved