धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरको ५० हजार बजेट र स्थानीय युवाहरूबाट ५० हजार सङ्कलन गरी खेल सामग्री खरिद गरेर जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो ।
धनकुटामा सोमबार कार्यक्रम आयोजना गरी पञ्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत सामग्री प्रदान गरिएको छ ।
सामग्री खरिदका लागि नगर कार्यपालिका सदस्य दिलकुमार राईले नगरको बजेटमार्फत ५० हजार उपलब्ध गराउन भूमिका खेलेका थिए ।
त्यस्तै, नगरपालिकाका इन्जिनियर मिङ्मादोर्जे सेर्पा, आर्थिक विकास अधिकृत विकास अधिकारी, एमाले नेता एवं निर्माण व्यवसायी बलदीप राई, नागरिक समाजका अध्यक्ष सुन्दरवाव श्रेष्ठ, निर्माण व्यवसायी सन्तोष राई र कोरिया बस्ने सहिदभूमि–२ का सविन राईले आर्थिक सहयोग गरेका थिए ।
सामग्री खरिद गर्न उनीहरूले जनही ५–५ हजार बराबरको सहयोग उपलब्ध गराएको जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विदुर खवासले जानकारी दिए ।
सामान खरिदका लागि सहयोग जुटाउन जिल्ला बक्सिङ सङ्घका सल्लाहकार संयोजक कमलदिप तिगेला, बक्सिङ सङ्घका अध्यक्ष खवास, उपाध्यक्ष हेमचन्द्र राई लगायतले भूमिका खेलेको भन्दै सहयोगी दाता र पहलकर्ताहरुलाई बक्सिङ प्रशिक्षक किशोर लिम्बू सम्बाहाम्फेले मन्तव्यमार्फत धन्यवाद ज्ञापन गरेका छन् । धनकुटामा हाल करिब दुई दर्जन युवायुवतीहरू बक्सिङको प्रशिक्षण लिइरहेका छन् ।
View : 78
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved