Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

तलाइ–निकका अनुसार फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धपछि केही रणनीतिक सैन्य सामग्री र उपकरणको उत्पादन तीन गुणाभन्दा बढीले बढाइएको छ । उनले जुनमा इजरायलसँग भएको १२ दिने युद्धका क्रममा इरानको रक्षा उद्योगका केही सीमित संरचनामा आक्रमण भए पनि उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरिएको दाबी गरे ।

उनले इरानको स्वतन्त्रतामाथि बाह्य शक्तिबाट हुने आक्रमणको जोखिम सामना गर्न सैन्य क्षमता अझ बलियो बनाउनु आवश्यक रहेको बताए । इरानी अधिकारीका अनुसार फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए ।

जसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।

अप्रिल ८ मा युद्धरत पक्षबीच युद्धविराम भएको र त्यसपछि जुन १८ मा इरान र अमेरिकाले क्षेत्रीय युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । उक्त समझदारीअनुसार ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर अगस्ट १७ सम्म पनि पर्याप्त प्रगति हुन नसकेको र दुवै पक्षबीच तनाव कायम रहेको इरानी पक्षले जनाएको छ । सीसीटीभी

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved