Biratnagar, Morang, Nepal
२५ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार नारायणभक्त राई सम्मानित

उद्‌घोष संवाददाता
२४ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । मोरङका पत्रकार नारायणभक्त राई सम्मानित भएका छन् ।

अन्वेषकसमेत रहेका राईलाई उनको अनुसन्धानात्मक पुस्तक ‘किरात राई समुदायको प्रथाजनित कानुन’ का लागि ‘छत्र विष्णु राई कृति सम्मान’ बाट सम्मानित गरिएको हो ।

राई समुदायको ओझेलमा परेको मौलिक प्रथाजनित कानुनलाई लिपिबद्ध गर्दै प्राज्ञिक र सामाजिक परिचयलाई उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सम्मान गरिएको हो ।

किरात राई समुदायको छाता संस्था किरात राई यायोक्खाले आफ्नो ३९औँ स्थापना दिवसको अवसरमा अन्वेषकसमेत रहेका पत्रकार नारायणभक्त राईलाई नगद पच्चीस हजार रुपैयाँ तथा सम्मानपत्रसहित सम्मानित गरेको हो ।

ललितपुरस्थित सिङ्गापुर गोर्खा पेन्सन एसोसिएसनको हलमा आयोजित समारोहमा अन्वेषक एवं लेखक राईलाई सम्मान गरिएको हो ।

सो अवसरमा सोलुखुम्बुका पत्रकार धनबल राई ‘धनकेशर’ लाई ‘अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरियो । यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले दुवै स्रष्टालाई जनही नगद २५ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको सम्मानपत्र हस्तान्तरण गरे ।

May be an image of dais and text

कार्यक्रममा अध्यक्ष हाताचोले किरात राई जाति, भाषा, संस्कार, संस्कृति र इतिहासको संरक्षणमा बौद्धिक तथा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको चर्चा गरे ।

लेखक नारायणभक्तको कृतिले समुदायको ऐतिहासिक दस्तावेजको रूपमा काम गर्ने र पत्रकार राईको सक्रियताले समुदायको आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत पुगेको सम्मानपत्रमा उल्लेख छ ।

View : 106

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved