Biratnagar, Morang, Nepal
६ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कर्मवीर माविमा आधारभूत स्काउट तालिम सम्पन्न

५ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका स्थित कर्मवीर माध्यमिक विद्यालय हात्तीमुढामा ६३०औं आधारभूत स्काउट तालिममा सहभागी ७ जना प्रशिक्षार्थीहरूले सम्पूर्ण पाठ्यक्रम पूरा गरी उत्तीर्ण भएका छन् । 

१८ जना प्रशिक्षार्थीबाट सुरु भएको सो तालिममा विभिन्न बाहना पार्दै  ११ जना सहभागीहरूले बीचमै तालिम छोडेपछि बाँकी ७ जनाले मात्र सफलतापूर्वक प्रशिक्षण पूरा गरेका हुन् ।

बिहीबार आयोजित तालिम समापन समारोहमा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिषा थापा, छैटौं तहका अधिकृत कृष्णप्रसाद भट्टराई, स्काउट  ग्रामथान पालिकाका प्रमुख आयुक्त सञ्जनाकुमारी माझी र कोशी प्रदेशका अधिकृत नवराज घिमिरे लगायतको उपस्थिति थियो । 

सो अवसरमा प्रशिक्षकहरूले तालिममा सिकेका ज्ञान र सीपलाई विद्यालय, समुदाय तथा राष्ट्रको सेवामा सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गरेका थिए ।

नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्यायको नेतृत्वमा सञ्चालित सो तालिममा सुभाष राई, चेतनाथ भट्टराई र बादल देवान सल्लाहकारका रूपमा थिए ।

तालिममा परशुराम खड्काले क्वाटर मास्टर र टफिन पोखरेलले प्राविधिक प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । 

पाँच दिनसम्म चलेको तालिममा सहभागीहरूलाई स्काउटको इतिहास, सिद्धान्त, टोली प्रणाली, नेतृत्व विकास, प्राथमिक उपचार, विपद् व्यवस्थापन र सामाजिक सेवासम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । 

यस प्रकारका तालिमले युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सेवाभावको विकास गरी सक्षम नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने स्काउटका सल्लाहकार चेतनाथ भट्टराईका बताए ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved