Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वाञ्चल  बाल आश्रममा फलफूल वितरण

उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर  । भृकुटी टोल भजनकीर्तन महिला समूह, विराटनगर–५ ले पूर्वाञ्चल  बाल आश्रमका बालबालिकाहरूलाई फलफूल वितरण गरेको छ ।

 सो क्रममा आश्रममा आश्रित १०० जनाभन्दा बढी बालबालिकाहरूलाई फलफूल तथा पौष्टिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका अवसरमा दिवङ्गत पितृहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रद्धासुमन तथा आदर अर्पण पनि गरिएको थियो ।   

सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय रहँदै आएको सो समूहले यसअघि पनि बाढीपीडित परिवारका लागि ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

विपद्का बेला राहत सामग्री तथा आर्थिक सहयोग हस्तान्तरण गर्दै आएको समूहले समाजमा मानवीय सेवा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले बाल आश्रममा फलफूल वितरण कार्यक्रम जनाएको छ ।  

 
समूहकी अध्यक्ष राधा पौडेल, सचिव कल्पना बराल तथा कोषाध्यक्ष रेनु पाठकको विशेष सक्रियतामा फलफूल वितरण गरिएको जनाइएको छ ।  

 

सो भजनकीर्तन समूहले विराटनगरको भृकुटी चोक क्षेत्रमा नियमित रूपमा भजनकीर्तन कार्यक्रम सञ्चालन गर्दै सामाजिक तथा धार्मिक कार्यहरूमा योगदान पुर्‍याउँदै आएको ज्येष्ठ नागरिक बौद्धिक मञ्च विराटनगरका अध्यक्ष सुरबहादुर श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा आश्रमकी प्रमुख सीता पोखरेलले भजन समूहलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved