Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

राष्ट्रपति रनिङशिल्डमा पब्लिक मावि प्रथम

उद्‌घोष सम्वाददाता
१८ माघ २०८१, शुक्रवार

Advertisement

विराटनगर । विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ रङ्गेली नगरपालिकास्तरीय यही माग १५, १६ र १७ गते सम्पन्न भएको प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय रङ्गेली प्रथम भएको छ । पब्लिक माध्यमिक विद्यालयले स्वर्ण ६ वटा, रजत ५ र सिल्भर ६ गरी जम्मा १७ पदकसहित पहिलो भएको हो ।

त्यसैगरी दोस्रो स्थान महेन्द्र माध्यमिक विद्यालय रंगेली–२ ले प्राप्त गरेको छ । महेन्द्र माध्यमिक विद्यालयले स्वर्ण ५ रजत २ र कास्य ४ गरी जम्मा ११ पदक प्राप्त गरेर दोस्रो स्थान सुरक्षित गरेको हो । 

रङ्गेली नगरपालिका– ६ स्थित मिनील्यान्ड बोर्डिङ स्कुलले दुई रजत र चार सिल्भर गरी जम्मा ९ वटा पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ । सान्त्वना पुरस्कार भने प्रगतिशील मावि रंगेली–२ ले पाँच स्वर्ण एक रजत र एक सिल्भर गरी सातवटा पदक प्राप्त गरेको हो । 

प्रथम हुने पब्लिक माविले नगद २० हजार, दोस्रो हुने महेन्द्र माविले १५ हजार, तेस्रो हुने मिनील्याण्ड बोर्डिङ स्कुलले १० हजार र सान्त्वना पुरस्कार वापत प्रगतिशील माविले ७ हजार ५०० सहित शिल्ड मेडललगायत प्राप्त गरेका छन् । 

नगरपालिकाले नगरपालिका स्रोतबाट जम्मा ८ लाख ५० हजार बराबर खर्च गरेर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको शिक्षा शाखाले जनाएको छ । 

जम्मा १८ वटा खेल पुरूष र महिला दुवै भलिबल हाइजम्प, कबड्डी, दौड, ज्याबलिङ लगायतका खेलहरू सम्पन्न भएका हुन् । प्रथम हुने विद्यार्थीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा सहभागी हुन पाउनेछन् । 

रंगेली नगरपालिकाअन्तर्गत १३ वटा सार्वजनिक मावि, चारवटा संस्थागत विद्यालय र जनता  कलेज रङ्गेली गरी जम्मा १८ वटा विद्यालयहरू सहभागी थिए । 

३१७ छात्र र २८५ छात्रा गरी ६०२ जना विद्यार्थीहरू सहभागी भएका थिए । गत वर्षको राष्ट्रपति रनिङ सिल्क प्रतियोगितामा पनि पब्लिक माध्यमिक विद्यालय रंगेलीले प्रथम स्थान हासिल गरेको थियो ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved