विराटनगर । युनिलिभरको चर्चित ब्रान्ड सनसिल्कले आफ्नो वार्षिक अभियान ‘सनसिल्क भाइब्स, सिजन–४’ को विजेताहरू घोषणा गरेको छ । यस वर्षको अभियानले ‘माई हेयेर, माई भाइब्स’ भन्ने नयाँ थिमलाई आत्मसात गर्दै नेपाली युवतीहरूलाई आफ्नो हेयर स्टाइलमार्फत आत्म–अभिव्यक्ति गर्न प्रोत्साहित गरेको कम्पनीले उल्लेख गरेको छ ।
यस अभियानमा सहभागीहरूले आफ्नो बोल्ड, फेस्टिभ र सृजनात्मक हेयरस्टाइलहरू सामाजिक सञ्जालमा प्रस्तुत गरेका थिए । अभियानले केवल स्टाइलको मात्र नभई व्यक्तित्व अभिव्यक्त गर्ने माध्यमका रूपमा हेयर स्टाइलको महत्वलाई उजागर गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, यो वर्ष आकृति अर्याल, मनिषा लामा र सुहाना ठाकुरले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा जित हात पारेका छन् । विजेताहरूले जनही रु १ लाख नगद पुरस्कार प्राप्त गर्नुका साथै सनसिल्कका ब्रान्ड एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग काम गर्ने अवसर पाएका छन् ।
सिजन–४ को यस अभियानले डिजिटल प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूज हासिल गर्दै नेपाली समुदायमा ठूलो प्रभाव पारेको कम्पनीको दावी छ । अभियानले युवतीहरूलाई आफ्नो संस्कृति र स्टाइल निर्भीकताका साथ प्रदर्शन गर्न प्रेरित गर्दै आत्मविश्वास र रचनात्मक हुन प्रोत्साहित गरेको कम्पनीको भनाइ छ ।
सनसिल्क भाइब्सले केवल चाडपर्वको सीमाभित्र नभई दैनिक जीवनका महत्वपूर्ण पलहरूलाई पनि मनाउन प्रेरणा दिएको, र यसले नेपाली युवतीहरूको आत्मविश्वास, सौन्दर्य, व्यक्तित्वलाई प्रोत्साहन गर्दै सनसिल्कलाई अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।
View : 325
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved