Biratnagar, Morang, Nepal
१६ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

महासंघ नेतृत्वलाई सुन्दरदुलारीको सम्मान

१५ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारी र सदस्यहरूलाई बिहीबार सुन्दरदुलारी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । 

सो अवसरमा महासंघ प्रदेश समितिका अध्यक्ष राउतले संघको निर्माणाधीन भवनको अवलोकन गर्दै संघको सचिवालय निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठ, कार्यसमिति सदस्य सुवास आचार्य, कृष्ण रिजाल, खड्गबहादुर श्रेष्ठ, नवीन चौधरी, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, महासंघ कोशी प्रदेश कार्यालयका कार्यकारी निर्देशक श्याम भण्डारीलगायतको उपस्थिति थियो ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved