Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

५६४ केजी गाँजासहित सुमो नियन्त्रणमा

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र इलाका प्रहरी कार्यालय अमडुवा सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमोलाई चेकजाँच गर्ने क्रममा चालक गाडी छाडेर फरार भएका थिए ।

प्रहरीले गाडी चेकजाँच गर्दा गाडीभित्र लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५६४ केजी फेला पारेको जनाएको छ । बरामद गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार चालकको पहिचान तथा खोजतलाससमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

View : 30

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved