विराटनगर । विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले विशेष समारोह आयोजना गरेर विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको हो ।
एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटेनरी डाक्टरमा छात्रवृत्ति पाउने अनुराग मञ्जिल गेलाल, इन्जिनियर तथा सहज निर्माण सेवा प्रालिका संस्थापक आनन्द शर्मा र अर्गानिक घरका संस्थापक युवा उद्यमी अभिषेक गौतमलाई कलेजले सम्मान गरेको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेजका निर्देशक डा.नरेन्द्रकुमार चौधरी, सल्लाहकार समितिका सदस्य प्रा.डा. देवेन्द्र अधिकारी, देवेश प्रधान, कलेजका संयोजक रमेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कलेजले फन फिष्टाअन्तर्गत विभिन्न विज्ञान र खानाको प्रदर्शनीसमेत आयोजना गरेको थियो ।
View : 337
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved