विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि शारडा ग्रुप र राठी ग्रुपले दुई करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।
शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई एक करोड २२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष शारडाको नेतृत्वमा शारडा ग्रुपका तर्फबाट १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
शारडा ग्रुपकै शिवम् होल्डिङका तर्फबाट थप २१ लाख रुपैयाँ सहयोग प्रदान गरिएको शारडा ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन कुमार शारडाले बताए ।
यस्तै, शिवम सिमेन्टका तर्फबाट बाढीपछिको पुनर्निर्माणमा प्रयोग हुने ११ हजार बोरा सिमेन्ट सहयोग गरिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, ग्रुपका निर्देशक गौरव शारडा, राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी र शिवम् सिमेन्टका निर्देशक रघुनन्दन मारु लगायतको उपस्थिति थियो ।
शारडा ग्रुपका प्रबन्ध निर्देशक पवन शारडाले एसियन थाइ फुड्सका तर्फबाट समेत बाढी तथा विपद्बाट प्रभावितका लागि ६० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिसकेका छन् ।
शारडा ग्रुप तथा आबद्ध कम्पनीहरूबाट बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको तत्कालीन राहतदेखि पुनर्निर्माणसम्मका लागि उल्लेख्य सहयोग जुटेको हो ।
शारडा ग्रुपले विपद्का कारण प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा भौतिक संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नगदसँगै निर्माण सामग्री तथा खाद्यान्नसमेत उपलब्ध गराएको जनाएको छ ।
View : 176
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved