काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्रभावित नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले बाढीबाट भएको ठूलो क्षतिले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
पौडेलले दुःखद परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण सदस्य, आम नागरिक, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आ–आफ्नो ठाउँबाट उद्धार तथा सहयोगमा सक्रिय रूपमा जुट्न अपिलसमेत गरेका छन् ।
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved