विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले अंग्रेजी नयाँ वर्ष २०२५को अवसर पारेर बुधबार साँझ शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल चिकित्सक संघ कोशीका सदस्य तथा सांस्कृतिक समितिका संयोजक डा रितेशकुमार सिंहले चिकित्सक र चिकित्सक एकताका लागि नयाँ वर्षमा शुभकामना कार्यक्रम राखिएको बताए ।
सोही अवसरमा बीमा बारेमा पनि जानकारी गराइएको थियो । आर्थिक व्यवस्थापनमा बीमाले मद्दत गर्न सक्छन् र चिकित्सकहरुका लागि उपयुक्त हुने वीमाका विभिन्न पोलिसिहरुका बारेमा नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, विराटनगर शाखाका प्रबन्धक डम्बरबहादुर वडीले सहजीकरण गरेका थिए ।
नेपाल चिकित्सक संघ कोशीका पूर्व अध्यक्ष तथा सल्लाहकार डा शितलप्रसाद यादवले नयाँ बर्षको शुभकामना दिदै पछिल्लो समयमा चिकित्सक संघले सक्रिय रुपमा गतिविधि गर्दै आएको बताए ।
कार्यक्रममा नेशनल लाइफ इन्सुरेन्सका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले कार्यक्रमलाई एकै पटक धेरै चिकित्सकहरुसँग भेट्ने अवसरका रुपमा लिएको बताए ।
संघका अध्यक्ष डा राजेन्द्र चौधरीले चिकित्सकहरुको हकहितमा संघ सधै लागि पर्दै नयाँ वर्षमा शुभकामना राखिएको बताए । सो अवसरमा स्मृति व्याण्डको सांगीतिक प्रस्तुती पनि गरेको थियो ।
View : 533
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved