Biratnagar, Morang, Nepal
१५ चैत २०८०, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी
विराटनगरबाट काठमाडौं उडेको यति एयरको जहाज जनकपुर र सिमरा विमानस्थलमा अवतरण
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगरका काठमाडौं उडेको यति एयरको जहाज अहिले बाराको सिमरा विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः ४५ बजे काठमाडौंका लागि उडेको ९एन एएमएन कलसाइनको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि डाइभर्ट गरेर जनकपुर विमानस्थलमा पहिलो अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलको मौसम खराब भएपछि उक्त जहाज जनकपुर डाइभर्ट गरिएको थियो । जनकपुरमा झण्डै डेढ घण्टा बसेर पुनः १०ः १५ बजे काठमाडौंका लागि उडेको जहाज अहिले सिमरा विमानस्थलमा अवतरण गरेको सोही जहाजमा रहेका नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले बताए । उनले पहिलो पटक काठमाडौंको आकासमा पुगेपछि मौसम खराब भएको...

समाज
दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रम शुभारम्भ
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

विराटनगर । लागुऔषधलगायत कुलत रोकथाम गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘दुर्व्यसनविरूद्ध आमाहरू’ कार्यक्रम शुभारम्भ गरेको छ । मोरङको बेलबारी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रमको औपचारिकरूपमा शुभारम्भ गरेका हुन्  । शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै  प्रहरी नायव महानिरीक्षक खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसनविर...

राजनीति
३०० मत गनिसक्दा राउतलाई ७६ मतको अग्रता
१५ चैत २०८०, बिहिवार

विराटनगर । नेकपा एमाले उदयपुरको जारी मतगणनामा अध्यक्षमा युवा नेता भागवत राउतले अग्रता बढाउँदै लगेका छन् । राउतले वर्तमान अध्यक्ष परमेश्वर घिमिरेलाई ७६ मतले पछि पारेका छन् । ३०० मत गनिसक्दा राउत १८८ र घिमिरे ११२ मत प्राप्त गरेका छन् ।  पहिलो १०० मत गन्दा राउतले २७ मतले अग्रता कायम गरेका थिए । २०० मत गनिसक्दा मतान्तर बढेर ५८ पुगेको थियो ।  नबौं जिल्ला अधिवेशनबाट अध्यक्षसहित १०५ सदस्यीय जिल्ला कमिटीको नेतृत्व चयनका लागि ६२४ प्रतिनिधिहरू मध्ये ५८१ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ५१ प्रतिशत गणना सकिएको छ । उपाध्यक्षमा दिलबहादुर तामाङ ११० मत पाएर अगाडि छन् । त्यस्तै काल...

राष्ट्रिय
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

काठमाडौँ, १५ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन् । अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।  उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् । अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

आर्थिक
'ग्लोबल मनी वीक' मा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो । चैत ६  गते झापाको पृथ्वीनगर सङ्खुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आय...

शिक्षा
एसईई परिक्षा आजदेखि, पाँच लाख बढी विद्यार्थी परीक्षा दिंदै
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

भक्तपुर । बिहीबारदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले बिहीबारदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्‍याइएको जानकारी दिए । बिहीबारदेखि देशभर एकैसाथ सुरू हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु, शर्माले भने, साथै परीक्षालाई शान्तिपूर्ण, मर्या...

स्वास्थ्य
औषधि खरिदकाे बजेट ६ महिनामै रितियो, उपचारमा दाता खोज्दै कारागार प्रशासन
उद्घोष सम्वाददाता १४ चैत २०८०, बुधवार

विराटनगर । मोरङ कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेट ६ महिनामै सकिएपछि आगामी दिनका लागि औषधि खरिदमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । मोरङ कारागारमा ९४ महिला ८ नाबालक/नाबालिकासहित एक हजार ५१ कैदीबन्दी छन् । तिनीहरूमध्ये १ सय ३१ जना कैदी बन्दी दीर्घरोगी छन् । कारागार प्रशासनका अनुसार उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मृगौला, मुटु जस्ता दीर्घरोग भएका कैदी बन्दी निकै छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । तर, बिनियोजित बजेट औषधि खरिदमा सकिएपछि थप औषधि खरिद गर्न समस्या भएको बताइएको छ । कारागार...

खेलकुद
इटहरी गोल्डकप: त्रिभुवन आर्मी फाइनलमा
१५ चैत २०८०, बिहिवार

धरान, १५ चैत । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै  त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए । बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्...

साहित्य
अग्रज साहित्यकार सुवेदीको निधन
उद्घोष सम्वाददाता १४ चैत २०८०, बुधवार

विराटनगर । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको बुधबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बिहान ३ बजे विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो । विराटनगरमा बसेर साहित्य सिर्जनामा उल्लेखनीय योगदान पुर्याउँदै आएका सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रा लगायतका दर्जन बढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूको समालोचनासमेत गरेका छन् । नेपाली भाषा र साहित्यको जगेर्नामा महत्वपूर्ण योगदान दिएका सुवेदी विराटनगरलाई नै आफ्नो कर्मक्षेक्र बनाएर साहित्य सिर्जनामा सत्रिय...

वातावरण
विराटनगरबाट काठमाडौं उडेको यति एयरको जहाज जनकपुर र सिमरा विमानस्थलमा अवतरण
उद्घोष सम्वाददाता १५ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगरका काठमाडौं उडेको यति एयरको जहाज अहिले बाराको सिमरा विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः ४५ बजे काठमाडौंका लागि उडेको ९एन एएमएन कलसाइनको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि डाइभर्ट गरेर जनकपुर विमानस्थलमा पहिलो अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलको मौसम खराब भएपछि उक्त जहाज जनकपुर डाइभर्ट गरिएको थियो । जनकपुरमा झण्डै डेढ घण्टा बसेर पुनः १०ः १५ बजे काठमाडौंका लागि उडेको जहाज अहिले सिमरा विमानस्थलमा अवतरण गरेको सोही जहाजमा रहेका नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले बताए । उनले पहिलो पटक काठमाडौंको आकासमा पुगेपछि मौसम खराब भएको...

मनोरञ्जन
उपेन्द्र सुब्बाको ‘मनसरा’ टिजर रिलिज
उद्घोष सम्वाददाता ८ चैत २०८०, बिहिवार

काठमाडौं । गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्मले नै बक्स अफिसमा ठूलो सफलता पायो । अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुदैछ । बिहीबार युट्युबमार्फत् फिल्मको २ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गर्दै कथावस्तुबारे महत्वपूर्ण खुलासा गरिएको छ । फिल्मका कलाकारहरु मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान टिजरको केन्द्रमा छन् । सहर नजिकको एउटै बस्तीमा बस्ने उनीहरुबीचको सम्बन्धको आयामलाई टिजरले बोलेको छ । विवाहित मिरुनाप्रति प्रवीणको सुषुप्त प्रेम र उनकी श्र...

अन्तर्राष्ट्रिय
मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु
उद्घोष सम्वाददाता १० चैत २०८०, शनिवार

मस्को, १०चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।  आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।  आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना...

प्रविधि
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे
उद्घोष सम्वाददाता २६ फागुन २०८०, शनिवार

काठमाडौँ, २६ फागुन । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् । त्यस्तै आव २०७७-७८ मा तीन हजार नौ सय छ, आव २०७८-७९ मा चार हजार छ सय ८६ र आव २०७९-८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय तीन, पुरुषका छ हजार एक सय ७७ र अन्यमा पा...

विचार
चतराधाम र कुम्भमेला
गोकुल अधिकारी १३ चैत २०८०, मङ्गलवार

‘जो पुण्य, हमारे प्रयाग हरिद्वार, गंगा नहाने से होता है, वही पुण्य चतरा के कुम्भ मेले पर कोशी नहाने से मिलता है ।’ विक्रम सम्वत् २०६४ सालमा चतराधाममा सम्पन्न एक महिने कुम्भमेलाको कुनै एकदिन त्यहाँको विशाल पण्डालभित्र हज्जारौ भक्तजनहरूले भरिएको सभामा भारतको काशीबाट आमन्क्रित एक विद्वतजनबाट व्यत्त गरिएका वाणीहरू हुन् यी माथिका पङ्तिहरू । आजभन्दा सोह्र वर्ष अगाडि त्यो समयमा हामी सर्वसाधारण, क्यामरायुक्त स्मार्टफोनको अभ्यासबाट केही टाढै थियौं । हामीसँग रहेका सेलोफोनहरु सामान्यतय भिडियो रेकर्ड गर्न मिल्नेखालका गुणस्तरका हुँदैनथे । अर्थात् अहिलेजस्तो कसैले महत्वपूर्ण कुरा बोल्न लाग...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved