ग्राहक बन्नका लागि
झापा, १२ वैशाख । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीम...
इलाम–२ उपनिर्वाचनः
विराटनगर । इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज बुधबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि नै प्रमुख र उम्मेदवारहरु बुधबार अन्तिम चुनावी सभामा जुटेका छन् ।...
विराटनगर । नेरूडे मिर्मिरे लघुबित्तका कार्मचारीले गरेको आन्दोलनका कारण देशभरका एक सय ९ वटा शाखाको काम एक सातादेखि ठप्प छ । सम्झौता अनुसार सेवा सुबिधा बृद्धि नगरेको जनाउँदै कर्मचारीले कामकाज ठप्प पारेका हुन् । नेरूडे र मिर्मिरे दुई वटा लघुबित्त मिसिएर एक भएपछि विभेद गरिएको जनाउँदै कर्मचारीले गत ३ गतेदेखि देशभरका शाखामा बैंकिङ् कारोबार हुन दिएका छैनन् । बैक तथा बित्तीय क्षेत्र कर्मचारी संगठन नेरूडेले ध्यानाकर्षण गराउँदै सम्झौता कार्यान्वयन नभए सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएर आन्दोलन जारी राखेको छ । कर्मचारीको आन्दोलनका क्रममा विराटनगरस्थित कार्यालयमा आइतबार आन्तरिक लेख...
विराटनगर । कुनै पनि संस्थाको भविष्य त्यसको नेतृत्व र त्यहाँ काम गर्ने व्यक्तिको दक्षताले निर्धारण गर्छ । यसको ज्वलन्त उदाहरण बनेको छ, विराटनगर–२ शंकरपुरमा रहेको ऐतिहासिक जनता नमुना माध्यमिक विद्यालय । विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगिसकेको यो विद्यालय अहिले अभिभावकका लागि आकर्षकको केन्द्र बन्दै गएको देख्न सकिन्छ । विगतमा पूर्वाञ्चल क्षेत्रकै उत्कृष्ट विद्यालयको ख्याति कमाएको ऐतिहासिक यो विद्यालय गत शैक्षिक सत्रसम्म आइपुग्दा विद्यार्थी अभावको समस्या झेलिरहेको थियो । देशलाई आवश्यक पर्ने विभिन्न दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस विद्यालयमा...
काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका हुन् । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका छन् । उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल था...
विराटनगर । नोबेल मेडिकल कलेज र त्यहाँ कार्यरत एक चिकित्सकलाई कारवाहीको माग गर्दै एक महिलाले मोरङ प्रशासनमा निवेदन दिएकी छन् । इटहरी–५ निवासी आस्था दाहालले उनका श्रीमान सुमन तिम्सिनाको गलत उपचार गरेको जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालयमा कारवाही र क्षतिपूर्तिको माग गरेर निवेदन दिएकी हुन् । मृगौलामा १३ एमएमको पत्थरी रहेकाले तिम्सिना नोबेलमा कार्यरत चिकित्सक रामसागर साहसँग सुझावका लागि पुगेका थिए । गत चैत ८ मो तिम्सिनालाई पीसीएनएल प्रविधिबाट शल्यक्रिया गर्ने भनेर डा. साहले नोबेलमा भर्ना गरेका थिए । ‘४५ हजार रूपैंयाँको बिल तिरेपछि ९ गते अप्रेशन थिएटरमा लगेर श्रीमानलाई ब...
सुनसरी । राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो । कोशीलाई जित दिलाउन दुबै गोल समीक्षा मगरले गरिन् । सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । खेलको नवौं मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोशीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीक्षाले नै टोलीको अग्रता दोब्बर बनाएर जित निश्चित गरिन् । यशोदाले ४९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो ज...
विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...
काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...
विराटनगर । केही समय पहिले नाम र दाम कमाउनेहरूका लागि एउटा गतिलो र सजिलो माध्यम बन्यो टिकटक । आफूमा भएको प्रतिभालाई टिकटकको माध्यमबाट मनोरञ्जन लिने र दिने दुबै कार्यका लागि बच्चादेखि बृद्धसम्म धेरैले टिकटकलाई माध्यम बनाए । क्षमता हुनेले आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा टिकटकलाई लिए भने धेरैले टिकटककै माध्यमबाट आफूमा भएको प्रतिभाको पहिचान पनि गरे । टिकटक अकाउण्टमा फ्यान फलोअर्स बढाएर लाइभमा बसी यसैबाट धेरैले सजिलै पैसा पनि कमाए । यसरी टिकटक अकाउण्टकै कारण नाम, दाम र अवसर समेत कमाएकी मध्येकी एक हुन धनकुटा पाख्रिबासकी अनुजा थापा । धनकुटा पाख्रीवासकी २६ वर्षीय अनुजा सुरुका दिनहरूमा &...
लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...
विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो । आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...
लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved